गाउँ सहर

पहिरोले घर पुरिँदा जाजरकोटमा वडासदस्य दम्पती बेपत्ता

काठमाडाैं । पहिराेले जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा वडा सदस्यका दम्पती बेपत्ता भएका छन्। गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदाँ महिला वडा सदस्यका दम्पती बेपत्ता भएका हुन्। 

बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले महिला वडा सदस्य प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका जानकारी दिए। 

स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी गरिरहेको छ। 

वडाध्यक्ष महताराका अनुसार बेपत्ता दम्पतीका ११ वर्षीया छोरीलाई घाइते अवस्थामा उद्धार गरेर अस्पताल लगिएको हाे। तर, त्यो क्षेत्रमा यातायातको सुविधा नहुँदा बोकेरै उनलाई उपचारका लागि लगिएको छ। 

सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरीलाई भने केही भएको छैन्। उनी सकुशल  छिन्। घाइतेलाई अस्पताल पुर्‍याउन हेलिकप्टर मगाइएको उनले बताए। घर जीर्ण अवस्थाको रहेकाले पहिरोका कारण भत्ताभुंग भएको छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत