छोरीहरूलाई विष खुवाउने आमा सार्वजनिक
- गाउँ सहर संवाददाता
- १९ भदौ बुधबार, २०८१ | १५:०४:०० मा प्रकाशित

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई बालिकाकी आमालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार (आज) पत्रकार सम्मेलन गरी पक्राउ परेकी अस्मिता पौडेललाई सार्वजनिक गरेको हो ।
झापाको बिर्तामोडबाट पक्राउ गरी अस्मितालाई विराटनगर ल्याइएको थियो । उनले श्रीमान्बाट ‘धेरै टर्चर’ भएपछि छोरीहरूलाई मारेर आफू भागेको बताएकी छन् । श्रीमान्ले जहिले पनि ‘मारिदिने र तेरो पोस्टमार्टम गर्छु’ भन्ने गरेको प्रहरीसमक्ष बताएको मोरङ प्रहरीका एसपी नवराज कार्कीले बताए ।
उनले भनिन्, “पहिले मैले विष खाएँ, पेट पोल्न थाल्यो अनि छोरीहरूलाई खुवाइदिएँ” भन्दै प्रहरीसमक्ष बयान दिएकी छन् । छोरीहरू मरेपछि एकले अर्कोलाई अंगालो लगाइदिएर आफू भागेको अस्मिताले प्रहरीको सोधपुछका क्रममा भनेको एसपी कार्कीले जानकारी दिए ।
एसपी कार्कीले भने, “अस्वस्थ्य अवस्थामा फेला परेकोले उहाँलाई अस्पताल भर्ना गरेका थियौँ । शारीरिक रूपमा निकै कमजोर देखिएको छ ।”
धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी दुई छोरीहरू एक वर्षीया आइका र तीन वर्षीया अर्पणा कार्की सुन्दरहरैँचाको केराबारीमा मृत फेला परेकै दिनदेखि बेपत्ता भएकी थिइन् ।
उनीहरू स्थानीय मालती टोलमा डेरा गरी बस्दथे । नजिकै घरसमेत निर्माण गरिरहेका थिए । अर्जुनले प्रहरीसमक्ष आफ्नी पत्नीले मोबाइलमा 'तेरा छाेरी मारिदिइसकेँ, म पनि मर्छु भनेर म्यासेज पठाएको बयान दिएका छन् । पक्राउ परेकी अस्मितालाई थुनामा राख्न चारदिनको म्याद थप भएको छ ।
अस्मिता हराएपछि प्रहरीले स्थानीयको सहयोगमा चारकोसे झाडी र उनी जानसक्ने सम्भावित ठाउँहरूमा खोजी तीव्र बनाएको थियो । नयाँ घरमा पानी हाल्ने विषयमा विवाद भएपछि पाँचदिनअघि अस्मिता दुई छोरी लिएर घरबाट हिँडेकी थिइन् । पछि केरा बगानमा छोरीहरू मृत फेला परेका थिए । अर्जुन र अस्मिताबीच २०५९ सालमा प्रेम विवाह भएको बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस