नेपाललाई पारालिम्पिक्समा पदक दिलाउने पलेसालाई एनसेलले १० लाखसहित सम्मान गर्ने
- गाउँ सहर संवाददाता
- १९ भदौ बुधबार, २०८१ | १३:०९:०० मा प्रकाशित
कामठाडाैं । पेरिसमा जारी पारालिम्पिक्समा गौरवमय इतिहास रच्दै नेपाललाई अहिलेसम्मकै ठूलो पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनसहितका खेलाडीलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।
पलेसाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशको प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकलाई एनसेलले नगदसहित सम्मान गर्ने निर्णय गरेको हो।
पलेसालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा एनसेलले गरेको छ।
एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरुप यो सम्मान तथा सहयाेग गर्न लागिएकाे जनाएकाे छ।
एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पलेसा र देशको यो सफलताबाट आफू उत्साहित बनेको बताएका छन्।
‘पलेसाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो। यो जित नेपाल र सम्पूर्ण पारा खेलाडीको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो,’ एनसेलका प्रमुख कार्यकारी निर्देशक कायुमोभले भनेका छन्, ‘एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौँ।’
एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८ औँ वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो।
यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ।
पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक (काँस्य) दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोली आज बिहान स्वदेश आइपुगेको छ।
यसैबीच नेपाललाई पहिलोपटक ऐतिहासिक पदक दिलाउने पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छन्।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दुर्गा प्रसाईंको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
- के भए मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू ?
- राष्ट्रिय वाणिज्य बैंकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीलाई सहुलियत कर्जा दिने
- प्रतिबन्ध हटेपछि चल्न थाल्यो टिकटक, तपाइँकाे चल्याे ?
- नेपाल लाइफको मोटिभेसनल तालिममा 'नेपाल लाइफ तारा सम्मान' कार्यक्रम
- तीजका दिन सुनकाे मूल्य कति ?
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति पाण्डेले जनाए असन्तुष्टी
- आज हरितालिका तिज पर्व मनाइँदै
- नयाँ खाता खोल्दा एकसाथ पाँच वटा फाइदा पाइने बैंक 'ग्लोबल आइएमई'
- श्रवणले पाए ‘रिलायबल सुलभ बाल जीवन प्लस बीमा योजना’ उपहार
प्रतिकृया दिनुहोस