बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता भएपछि ४० अर्ब खिच्दै राष्ट्रबैंक
- गाउँ सहर संवाददाता
- १९ भदौ बुधबार, २०८१ | ११:५७:०० मा प्रकाशित
काठमाडाैं । नेपाल राष्ट्रबैंकले बजारबाट एकैदिन ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्रबैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
राष्ट्रबैंकले जारी गरेको २१ दिने निक्षेप सङ्कलन उपकरणका लागि बुधवार नै बोलकबोल हुनेछ ।
बुधवार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत हुने बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जसमध्ये ५१ खर्ब ९४ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूको सीडी रेसियो ७८.९४ प्रतिशत रहेको छ । जुन राष्ट्रबैंकले ९० प्रतिशतसम्म राख्न सक्ने व्यवस्था गरेको छ । सीडी रेसियो कम हुँदा बैंक तथा वित्तीय संस्थाहरूले गर्ने लगानी कम भएको बुझिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस