बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता भएपछि ४० अर्ब खिच्दै राष्ट्रबैंक
- गाउँ सहर संवाददाता
- १९ भदौ बुधबार, २०८१ | ११:५७:०० मा प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्रबैंकले बजारबाट एकैदिन ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्रबैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
राष्ट्रबैंकले जारी गरेको २१ दिने निक्षेप सङ्कलन उपकरणका लागि बुधवार नै बोलकबोल हुनेछ ।
बुधवार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत हुने बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरूसँग ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जसमध्ये ५१ खर्ब ९४ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूको सीडी रेसियो ७८.९४ प्रतिशत रहेको छ । जुन राष्ट्रबैंकले ९० प्रतिशतसम्म राख्न सक्ने व्यवस्था गरेको छ । सीडी रेसियो कम हुँदा बैंक तथा वित्तीय संस्थाहरूले गर्ने लगानी कम भएको बुझिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस