एससीटीले ल्यायो चाडपर्व लक्षित ‘तिर्की दाउ’ अफर, ७७७ रुपैयाँसम्म क्यासब्याक पाउने
- गाउँ सहर संवाददाता
- १८ भदौ मंगलबार, २०८१ | २०:५१:०० मा प्रकाशित
काठमाडौं । स्मार्टचोइस टेक्नोलोजिज (एससीटी) ले हरितालिका तीज, दशैं तथा दीपावली पर्वलाई लक्षित गरेर ‘तिर्की दाउ’ अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत ‘एससीटी–यूपीआई’ डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा ‘पीओएस’ मार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँसम्मको क्यासब्याक पाउने भएका छन् ।
‘एससीटी–यूपीआई’ डेबिट कार्ड नभएका ग्राहकले कार्ड जारी गर्न एससीटीसँग आबद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको ‘एससीटी–यूपीआई’ डेबिट कार्ड प्रयोग गरेमा १११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै सात वा सोभन्दा धेरै कारोबार गर्दा ७७७ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनुपर्नेछ र एउटै टर्मिनलबाट दिनको एक पटकको कारोबार मात्र अफरका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
भारतमा पनि नेपाली रुपैयाँ २ हजार ५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो अफर १ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म लागू हुने कम्पनीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस