मुकुल ढकालले अब के गर्लान् ? साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने रास्वपाकाे निर्णय
- गाउँ सहर संवाददाता
- ११ भदौ मंगलबार, २०८१ | १४:२९:०० मा प्रकाशित

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो ।
गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।
उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।
उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।
पहिलो पटक सोधिएको स्पष्टीकरणमा ढकालले सभापति लामिछानेमाथि उल्टै प्रश्न तेर्स्याएका थिए ।
त्यसपछि उनीमाथि अन्तिम पटक स्पष्टीकरण सोधिएको थियो । दोश्रो पटकको स्पष्टीकरणमा उनले लामिछाने माथि भ्रष्टाचार मुद्दामा जेल हाल्न सक्ने प्रमाण आफूसँग रहेको बताएपछि रास्वपाले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
- शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
- जाँदाजाँदै गभर्नर अधिकारीले के दिए आउने गभर्नरलाई सुझाव ?
- राम नवमीमा राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडिओ सहित)
- स्वर्णिम वाग्लेलाई कारबाही गर्न मुकुल ढकालकाे माग
- महानगरकाे सूचना- कुकुर बिरालाे पाल्न वडा कार्यालयमा दर्ता
- थाइल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय र बहुपक्षीय सहयोग अभिवृद्धिका लागि फलदायी वार्ता
- मिश्र र राणालगायतलाई सरकारले तत्काल निसर्त रिहा गर्नुपर्छ - पशुपति शम्सेर राणा
- पक्राउ परे रवि लामिछाने
- जाजरकाेट केन्द्र भएर ५.२ र ५.५ रेक्टरकाे भूकम्प
प्रतिकृया दिनुहोस