वातावरण

माैसम पूर्वानुमान : कुन प्रदेशमा कस्ताे रहला ?

काठमाडौं । देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । 

काठमाडौंमा पनि वर्षा भइरहेको छ । मंगलबार साँझदेखि नै काठमाडौंमा वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुनेछ । 

बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम रहेको विभागको भनाइ छ । त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ । 

दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागको भनाइ छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तरतर्फ छ । जसका कारण वर्षा भइरहेको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत