सुन्दरीजल नयाँपाटीकाे धागो उद्याेगमा आगलागी
- गाउँ सहर संवाददाता
- २५ श्रावण शुक्रबार, २०८१ | १८:२०:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको सुन्दरीजल नयाँपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको एक धागो फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
एसपी अधिकारीका अनुसार दिउँसो साढे ४ बजेबाट धागो फ्याक्ट्रीमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।
ओलढुंगाको लिखु गाउँपालिका–४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना वुल क्राडिङ प्रालि कारखानामा आगलागी भएका एसपी अधिकारीले बताए ।
अहिले ५० जना प्रहरी, नेपाली सेनाका २५ जनाको टोली र स्थानीयहको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीको कारण खुलिसकेको छैन ।
काठमाडौं महानगरपालिकाको ३ वटा दमकल परिचालन गरिएको छ । ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस