स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्षमा रविन कुमार नेपाल नियुक्त
- गाउँ सहर संवाददाता
- २१ श्रावण सोमबार, २०८१ | १८:२४:०० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष पदमा रविन कुमार नेपाल नियुक्त भएका छन् ।
अध्यक्ष नेपालले आज मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका का.मु. कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका सञ्चालक समितिका सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।
विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यु आर , मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आई रहेको छ ।
अध्यक्ष नेपालले नेपाल ग्रीनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टड बैंक) बाट आफ्नो बैंकिङ्ग करियर सुरुवात गरि हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिएका हुन् ।
अध्यक्ष नेपालले यस अघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकाल सम्म अध्यक्षको भूमिका निर्वाह गरि सकेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा लामो अनुभव भएका नेपाल डिजिटल भुक्तानीको क्षेत्रमा पनि लामो अनुभव रहको छ ।
३ दशक लामो बैंक तथा वित्तीय संस्थाको अनुभव भएका नेपालको नेतृत्वमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड थप उचाइमा पुग्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस