तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ मार्ग छिचाेलियाे
- गाउँ सहर संवाददाता
- २१ श्रावण सोमबार, २०८१ | १२:२९:०० मा प्रकाशित

काठमाडौं । तराई मधेश द्रुतमार्गअन्तर्गत पर्ने मकवानपुरको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मकवानपुरको बकैया गाउँपालिका १२ स्थित धेद्रे सुरुङ मार्ग ब्रेक थ्रु गरेका हुन् ।
नेपाली सेनाको व्यस्थापनमा पोली च्याङ्दा चिनियाँ कम्पनीले निर्माण गरिरहेको यस सुरुङ मार्गको काठमाडौंबाट निजगढ जाने १७२८ मिटर लम्बाइ रहेको सुरुङको ब्रेक थ्रु भएको हो ।
यससँगै यस सुरुङको निजगढ जाने र काठमाडौं आउने दुवै तर्फको ब्रेक थ्रु सम्पन्न भएको हो । निजगढबाट काठमाडौं आउने सुरुङ पहिले नै ब्रेक थ्रु भएको थियो ।
द्रुतमार्गको १३ मध्ये प्याकेज नम्बर २ मा पर्ने धेद्रे र लेनडाडा सुरुङ मार्ग चिनियाँ कम्पनी पोली च्याङ्दाले निर्माण गरिरहेको छ ।
काठमाडौं-तराई मधेश द्रुत मार्ग आयोजनामा ६ स्थानमा गरी जम्मा १०.३९० किमि लम्बाइको सुरुङ मार्ग बन्ने नेपाली सेनाले जनाएको छ ।
२०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयपछि ०८१ मंसिरमा निर्माण सम्पन्न गर्ने गरी यस आयोजना व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको थियो ।
तोकिएको समयमा काम नसकिएपछि पछिल्लोपटक म्याद थप गरी २०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य नेपाली सेनाको छ ।
तर हालसम्म समग्र आयोजनाको भौतिक प्रगति जम्मा ३५.३८ प्रतिशत मात्रै छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस