प्रभु बैंकका ग्राहकलाई र्याडिसन होटलमा विशेष छुट
- गाउँ सहर संवाददाता
- १५ श्रावण मंगलबार, २०८१ | १७:२५:०० मा प्रकाशित
काठमाडौं । प्रभु बैंक र र्याडिसन होटल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित र्याडिसन होटल, काठमाण्डौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो ।
र्याडिसन होटल, काठमाण्डौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि नेपालको पर्यटकिय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणी पाँच तारे होटल हो ।
एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाण्डौंका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।
सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्रान्कुलिटी स्पाका साथै र्याडिसन होटल काठमाण्डौले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरु बाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म भुक्तानी छुट पाउनेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस