गाउँ सहर

कास्की आदर्श समाजको अध्यक्षमा थापा

पोखरा । कतार, जापान लगायतका देशहरुमा कास्की जिलाबाट गई बैदेशिक रोजगारीमा रहेका तथा रोजगारी पश्चात् कास्कीमा फर्केर सामाजिक सेवा गर्दै आएकाहरुको साझा संस्था कास्की आदर्श समाजको अध्यक्षमा विश्वबन्धु थापा चयन भएका छन् ।

विगत  लामो समयदेखि निरन्तर समन्वय परिषद्को रुपमा काम गर्दै आएको यो संस्थाले वि सं २०८० देखि कास्की जिल्ला प्रशासनमा विधिवत् दर्ता भई हाल प्रथम साधारण सभा सम्पन्न गरेको हो ।    

तदर्थ समितिका अध्यक्ष समेत रहेका विश्वबन्धु थापाकै अध्यक्षतामा भएको प्रथम साधारण सभा  तथा अधिवेशनबाट समतिको प्रथम उपाध्यक्षमा पूजा गिरी, द्धितीय उपाध्यक्षमा शिबराज अधिकारी निर्वाचित भएका छन् ।महासचिवमा हरिबहादुर ढकाल, कोषाध्यक्षमा शिब गिरी निर्वाचित भएका छन् भने सचिवमा विकाशराज ढकाल चयन भएका छन् ।

त्यसैगरी सहकोषाध्यक्ष पछि थप्ने गरी सदस्यहरुमा परशुराम अधिकारी, र शुकदेव सुनार चयन भएका छन् ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषदका अध्यक्ष विलबहादुर गुरुङले अधिवेशन उद्घाटन गर्दै सम्पर्क समाजकारुपमा संस्थाले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कास्की आदर्श समाज कतारका संस्थापक अध्यक्ष बलराम सापकोटाले संस्थाको  उचाई बढाउन नवगठित कार्यसमितिलाई शुभकामना दिए । तदर्थ समितिका उपाध्यक्ष  प्रकाशलाल श्रेष्ठले स्वागत गर्दै सरोकारवालहरुसँग छलफल गरेर संस्था विधिवत दर्ता गरिएको जानकारी गराए । कार्यक्रममा केन्द्रिय महिला संयोजक पूजा गिरी,उपमहासचिव मनप्रसाद रानामगर लगायतले बोलेका थिए ।सचिव हरिबहादु ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत