गाउँ सहर

लायन्स कल्व अफ काठमाडौं कुलदेवताले मनायाे तेस्रो स्थापना दिवस

काठमाडाैं । लायन्स कल्व अफ काठमाडौं कुलदेवताले आफ्नो स्थापनाको तेस्रो वार्षिकाेउत्सव भव्यताका साथ मनाएको छ।

डिस्ट्रिक '३२५ एम' अन्तरगतको क्लबले काठमाडौंमा आफ्नो स्थापना दिवस क्लवका गभर्नर लायन चन्डीप्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हाे ।

कुलदेवताका अध्यक्ष जनकराज पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा गभर्नर अर्यालले लायन्सको आवश्यकता र औचित्यबारे प्रशिक्षणात्मक मन्तव्य दिँदै जहाँ आवश्यकता त्यहाँ लायन्स,जहाँ दुख, पीडा र आवश्यकता हुन्छ त्यहाँ लायन्सले साथ दिने मात्र हाेइन सहयोग समेत गर्ने बताए।

गभर्नर अर्यालले लायन्स अन्तर्राष्ट्रिय स्तरमै सेवाको निमित्त गठन भएको पवित्र संस्था भएकोले पनि सोही अनुरुपका कार्यक्रमहरु तय गरि अगाडि बढन क्लवलाई निर्देशनसमेत दिए ।

क्लब स्थापनाको तेस्रो वर्षमै क्लबले दुख र पीडमा रहेका कयौँको सेवा गर्न सफल भएको र यसले भविष्यमा अझ धेरै समाजिक सेवामा सेवामा उल्लेखनिय कार्यहरु गर्ने क्लबका अध्यक्ष पाठकले प्रतिवद्दता जनाउँदै आफुहरु निरन्तर सेवामा तल्लीन रहेकोसमेत बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत