गाउँ सहर

योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताए ।

आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए।

गाउँ सहर संवाददाता

तपाईँको मत