राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति पाण्डेले जनाए असन्तुष्टी
- गाउँ सहर संवाददाता
- २१ भदौ शुक्रबार, २०८१ | १३:१०:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेले पार्टी दिशाहीन भएको, संगठन निर्माणमा नेतृत्वकाे ध्यान नगएकाे भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् ।
पाण्डेले पार्टी र संगठनलाई सुदृढ गर्न सक्ने असल नेतृत्व आवश्यक भएको पनि बताएका छन् ।
देश र जनताप्रति समर्पित, पार्टी र संठनलाई सुदृढ र व्यवस्थित गर्न असल नेतृत्व समयको माग भएको राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेको भनाइ छ ।
‘गहिरो मुल्याङ्कन गरेर पार्टी र नेतृत्वको विकासमा निरन्तर जोड दिनसक्ने नेतृत्वको आवश्यकता रहेको वर्तमान परिवेशले देखाएको छ,’ पाण्डेले बिहीबार सामाजिक संजालमार्फत धारणा सार्वजनिक गर्दै भने ।
देश र जनताप्रति समर्पित, नेता तथा कार्यकर्ताको जीवनशैली तथा कार्यशैली रूपान्तरण गर्न सक्ने नेतृत्व आवश्यक भएको पाण्डेको जोड थियो ।
राप्रपा दिशाहीन भएको, संगठन निर्माणभन्दा अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यान विदेश भ्रमण, नाचगान, कविता र सिनेमामा बढी देखिएको भन्ने पार्टीभित्र र बाहिर आलोचना र चर्चा जारी रहेको समयमा नेता पाण्डेको यस्तो भनाइ सार्वजनिक हुनु अर्थपूर्ण मानिएको छ ।
राजसंस्था र हिन्दू अधिराज्य प्राप्तिमा लिङ्देन गम्भीर नदेखिएको, पार्टीका यूवा कार्यकर्तालाई ‘केटा’ र ‘दास’ भनेर मानमर्दन गरेको, सामाजिक संजालमार्फत आलोचकलाई ‘तर्साएर आलोकाँचोपन र मण्डले प्रवृत्ति’ देखाएको भन्ने पछिल्लो समय लिङ्देनमाथि आरोप छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस