काठमाडाैं । पछिल्लाे समय सुनमा मूल्य बढेकाे बढेकै छ । तीजकाे दिन सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ १३ गते सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । सो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७९५ रुपैयाँ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस