गाउँ सहर

प्रभु बैंकका कर्मचारी र ग्राहकले टिस्टुङ्ग रिसोर्टमा पाउनेछन् यस्ताे छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकले टिस्टुङ्गमा रहेको टिस्टुङ्ग रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् ।

टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन तथा प्रभु बैंकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । उक्त रिसोर्ट मकवानपुर जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको छ ।

बैंकले हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट पाएको छ । बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८३ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकले बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत