बागमतीमा कांग्रेस र एमालेबीच मिल्याे भागबण्डा, एमालेकाे ५ जना नयाँ अनुहार
- गाउँ सहर संवाददाता
- ८ श्रावण मंगलबार, २०८१ | १२:४७:०० मा प्रकाशित
हेडाैँडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले आज दाबी पेस गर्दैछन् ।
कांग्रेस र नेकपा एमालेको समर्थनमा लामाले मुख्यमन्त्री पदमा आज प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका हुन् ।
मुख्यमन्त्रीको नियुक्ति आजै साँझ हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभाको अवधि अब ४१ महिना रहेको छ । कांग्रेस र एमालेबीच २०/२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन् । कांग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ ।
यसअघि मंगलबार बिहान एमालेले आर्थिक मामिला र कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको थियो ।
बागमतीमा एमालेले टुंग्यायो ६ मन्त्रीको नाम, ५ जना नयाँ अनुहार
नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम टुंगो लगाएको छ । मन्त्रालयको टुंगो नलगाए पनि मंगलबार मन्त्री हुने व्यक्ति भने टुंग्याएको हो ।
जसमा प्रकाश श्रेष्ठ–काठमाडौँ, प्रेम भक्त महर्जन–ललितपुर, अमन मास्के–काठमाडौँ, कृष्ण सिलवाल–चितवन, सुकमाया तामाङ–सिन्धुली र किरण थापा मगर–भक्तपुर छन् ।
एमालेले यो पटक सहभागी ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- पछिल्लाे चार महिनामा चार खर्ब बढी व्यापार घाटा
- यी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
- चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
- अब धरहरा चढ्न पैसा लाग्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय
- कांग्रेस र एमालेकाे यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री
- एमालेको जागरण सभाका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त
- शुक्रबारकाे माैसमः कतै बदली - कतै सफा
- जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
प्रतिकृया दिनुहोस