नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा के हुँदैछ ?
- गाउँ सहर संवाददाता
- ३ श्रावण बिहीबार, २०८१ | १४:०२:०० मा प्रकाशित

काठमाडाैं । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा बंगलादेशमा विद्युत निर्यातको लागि सम्झौता हुने भएको छ।
साउन १३ गते ३ देशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय हस्ताक्षर हुने भएको हो।
नेपालले उत्पादन गरेको विद्युत बंगलादेशले खरिद गर्ने सहमति भइसकेको छ। नेपालको विद्युत भारतीय प्रसारणलाइन प्रयोग गर्दै निर्यात हुने भएकाले त्रिपक्षीय सम्झौता हुने ऊर्जा मन्त्रालयले जनाएको छ।
ऊर्जा मन्त्रालयका प्रवक्ता नविन सिंहले ३ देशका ऊर्जामन्त्रीहरुको उपस्थितिमा बंगलादेशसँगको विद्युत् व्यापारमा सम्झौता हुने तालिका रहेको बताए।
उनले भने, ‘२८ तारिखमा तीन देशका ऊर्जामन्त्रीको सहभागितामा विद्युत् व्यापार सम्झौता हुँदै छ। २९ र ३० तारिखमा पोखरामा नेपाल र बंगलादेशका सहसचिव र सचिवस्तरीय बैठक पनि हुँदै छ।’
दुई देशबीच ऊर्जामन्त्रीसँगै ऊर्जासचिव र सहसचिवहरुको समेत बैठक हुने तय भएको उनले बताए। उक्त बैठक साउन १४ र १५ गते पोखरामा हुनेछ।
यसअघि असार ९ र १० गते पोखरामा बैठक हुने तय भएको थियो। बंगलादेशका ऊर्जा राज्यमन्त्री नरसरुल हमिद नै आउने भएपछि बैठक स्थगित भएको थियो।
विद्युत् प्राधिकरणले विद्युत व्यापारको सम्झौतालगत्तै वर्षातमै बंगलादेशमा विद्युत् निर्यातको सुरुवात गर्ने तयारी गरेको छ।
सम्झौतासँगै नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्नेछ। प्रतिमहिना २८ हजार ८०० मेगावाट आवर बिजुली निर्यात हुनेछ। यसअनुसार हरेक वर्षको ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली बंगलादेशले पाउनेछ।
डलरमा बिजुली खरिदबिक्री हुनलागेको हो। यसअनुसार ५ महिनामा नेपालले कुल ९२ लाख १६ हजार अमेरिकी डलर अर्थात् करिब १ अर्ब २३ करोड रुपैयाँ (१ डलरको १३३.६५ रुपैयाँ विनिमय दरमा) को बिजुली बिक्री गर्नेछ।
प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा बिजुली बिक्रीको सम्झौता हुनलागेको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस