११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चितिले १५ महिनाको आयात धान्ने
- गाउँ सहर संवाददाता
- २६ असार बुधबार, २०८१ | १७:४३:०० मा प्रकाशित
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत वर्षको जेठ मसान्तसम्मको तुलनामा १९.३ प्रतिशतले वृद्धि भएको हो ।
गत वर्षको जेठ मसान्तसम्म रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
उक्त अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत र नयाँ गरी अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख २२ हजार ९३६ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार ७०५ रहेको राष्ट्र बैंकले जनाएको छ ।
१९ खर्ब ६७ अर्ब विदेशी मुद्रा सञ्चिति, १५ महिनाको आयात धान्ने
राष्ट्र बैंकका अनुसार हाल १९ खर्ब ६७ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको जनाएको छ । बुधबार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपार्टमा राष्ट्र बैंकले यस्तो तथ्यांक उल्लेख गरेको हो ।
अघिल्लो वर्ष ०८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले बढेर ०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको आयातलाई आधार मान्दा हाल रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस