नेतृत्वकाे आग्रहपछि जिम्मेवारीमै फर्किइन् राप्रपा नेत्रृ अन्जना शाह
- गाउँ सहर संवाददाता
- २६ असार बुधबार, २०८१ | ०८:५७:०० मा प्रकाशित

काठमाडाैं । पार्टीभित्रको अन्तरविरोधको असन्तुष्टिले साधारण सदस्यसमेत नरहनेगरी राप्रपाबाट बाहिरिएकी नेत्रृ अन्जना शाह रावल अन्तत: पार्टीमै फर्किएकी छन्। शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन्।
‘मलगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका थियौँ। तर पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु।’ उनले भनेकी छन्, ‘देशभरीका साथीहरूको आग्रह र हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको आगाध मायाले सक्रिय बन्न लागेकी हुँ।’
उनले आगामी दिनमा विगतमा जस्तै सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिवद्धता जनाएकी छन्। केही समयअघि मात्रै पार्टीभित्रको असन्तुष्टिले शाहले पार्टी त्यागेकी थिइन्। । उनले राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्। उनी महिला संगठनकी अध्यक्ष हुन्।
आफूलाई संगठनभित्रैबाट असहयोग गरेको आरोप लगाउँदै उनले पार्टी छाडेकी थिइन्। उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन्। जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी उनी एक्लो संगठनकी अध्यक्ष थिइन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस