कारबाहीमा परे रास्वपाका मुकुल, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो
- गाउँ सहर संवाददाता
- २५ असार मंगलबार, २०८१ | १२:३८:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ।
मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।
ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् ।
त्यस्तै, उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको छ ।
यसअघि गत बुधबार (असार १९) सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो। पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गरिएको थियो।
बुधबारको बैठकमा ढकाल मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। आज (मंगलबार) को बैठकमा भने उनी उपस्थित भएनन्।
ढकालले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा समेटिएका केही विषयहरू सार्वजनिक भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो।
उनले पार्टी यही ढंगबाट चले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नहुनेदेखि सभापति रवि लामिछाने पार्टीमा एकलौटी ढंगले चलेकोसम्मका आरोप लगाएका थिए।
यसबारे आफूले लेखेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने र केन्द्रीय कमिटी बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गर्नुपर्ने उनको माग थियो।
ढकालले बैठक लाइभ गर्नुपर्ने भन्दै राखेको मागमा ९० प्रतिशत बढी केन्द्रीय सदस्यले विरोध जनाएका थिए।
त्यसपछि मास्क र कालोटेप लगाएर बैठकमा बसेका ढकालले मिडियामार्फत प्रतिवेदन सार्वजनिक गरेका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस