गाउँ सहर

रूख ढलेर ट्याक्सीमाथि

काठमाडाैं । शनिबार राति ९:२० मा काठमाडौं महानगरपालिका-७ गोपिकृष्ण चोकबाट चाबहिल गंगाहिटी टोल प्रवेशद्वारमा हावाहुरीका कारण रूख ढलेको थियो। 

५० फिट अग्लो रूख  बा १ ज ८१३४ नम्बरको ट्याक्सीमाथि ढलेको विपद् व्‍यवस्‍थापन कार्यालय सामाखुसीले जनाएको छ। 

रूख ढलेपछि सडक पनि अवरूद्ध बनेको थियो। रूख ढल्दा ट्याक्सीमा आंशिक क्षति पुगेको थियो। बिजुलीको तारमा समेत क्षति पुगेको थियो। ट्याक्सी चालक भने सकुशल छन्।

उक्त खबरपछि विपद् व्यवस्थापन कार्यालयबाट प्रहरी निरीक्षक डबलबहादुर बमको कमाण्डमा २५ जनाको टोली खटिएको थियो। 

विपदको आवश्यक उद्धार सामग्रीसहित खटिएको उक्त टोलीले रूखलाई काटेर सडकबाट पन्छ्याएको थियो। 

गाउँ सहर संवाददाता

तपाईँको मत