मन्थली–खुर्कोट जोड्ने सुनकोशीमा बेलिब्रिज बनाउन राज्यमन्त्री तामाङ सक्रिय
- गाउँ सहर संवाददाता
- १८ असोज शुक्रबार, २०८१ | १४:०४:०० मा प्रकाशित

रामेछाप । असोज ११ र १२ गते सुनकोशीमा आएको भीषण बाढीले बगाएको रामेछाप (मन्थली) – सिन्धुली (खुर्कोट) जोड्ने पक्की पुलमा बेलिब्रिज हाल्नकाे लागि ऊर्जा राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) सक्रिय रूपमा लागिपरेका छन् ।
रामेछाप जाेड्ने लाइफ लाइनकाे रूपमा रहेकाे उक्त पुलमा बेलिब्रिज निर्माण गर्ने जिम्मा सेनालाई दिएपनि राज्य मन्त्री तामाङ शुक्रबार मकवानपुर हेटाैँडा पुगेर बेलिब्रिज पुलका सामाग्रीहरू लाेड गराएका छन् ।
रामेछापबाट निर्वाचित तामाङको विशेष पहलमा अब उपकरणहरू नेपाली सेनाले जोड्ने काम तत्काल थाल्ने र सकेसम्म दशैँअघि नै पुल सञ्चालनमा ल्याउने प्रयास भइरहेकाे उनकाे सचिवालयले जनाएकाे छ ।
सडक डिभिजन हेटौडा अन्तर्गत रहेको ५० मिटर लम्बाईको बेलिब्रिजलाई अविरल वर्षाको कारण क्षति पुगेपछि निर्माण गर्न अति आवश्यक भएअनुसार नेपाली सेनालाई अनुरोध गरिदिन आग्रह गरेको नेपाली कांग्रेस रामेछापका पार्टी सभापति समेत रहेका मन्त्री तामाङले पहल गरेका थिए ।
रामेछापको प्रमुख र छोटो सडक मार्ग जोड्ने यो पुल बगाएपछि जिल्लामा निकै समस्या भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस