राजनीति

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वास मत लिने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले असार २८ गते विश्वास मत लिने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिनेसम्बन्त्री पत्र संसद सचिवालयमा पठाएका हुन्।

प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निमित्त संसद सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ।

ती मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्ने गरी जिम्मेवारी तोकिएको छ। साथै एमालेले शुक्रबार संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको छ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।

अल्पमतमा परेका प्रधानमन्त्री दाहालले भने आफूले संसद फेस गर्ने बताइरहेका छन्।

तपाईँको मत