बढ्याे नेप्से, सेयर बजारमा उत्साह
- गाउँ सहर संवाददाता
- २३ असार आइतबार, २०८१ | १७:१५:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २१.२७ अंकले बढेर दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्य पाँच प्रतिशतले बढेको छ ।
आज मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।
चालु आर्थिक वर्ष समाप्त हुन एक साताभन्दा केही दिनमात्र बढी बाँकी रहँदा सेयर बजार परिसूचक नेप्सेमा निरन्तर बढोत्तरी देखिएको छ । बदलिँदो सत्ता समीकरण र सूचीकृत कम्पनीको कमाईलाई आंकलन गर्दै लगानीकर्ताहरुले बजारमा लगानी बढाएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस