ग्लोबल आईएमई बैंक नास आईटीको दिगो साझेदार
- गाउँ सहर संवाददाता
- २४ असार सोमबार, २०८१ | १४:४९:०० मा प्रकाशित

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास-आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका हुन् ।
सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको यो क्षेत्र अर्थतन्त्रको सम्बाहकका रूपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्यप्रति उत्तदायी संस्थाका रूपमा रहेकाले यो सम्झौता अघि बढेको जानकारी गराउँदै ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिका क्षेत्रमा गरेको लगानी र प्रयोगका बारेमा बताए । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुङ्गा सावित हुने पोखरेलले बातए ।
७७ जिल्लाका ३५४ वटा शाखा कार्यालयबाट भौतिक रूपमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिजिटल यूनिभर्सजस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ । बैंकमा प्रत्यक्ष रूपमा ४८ लाखभन्दा बढी ग्राहकले उत्कृष्ट बैंकिङ्ग सुविधा प्राप्त गर्नु बैंकले गरेको सूचना र प्रविधि क्षेत्रमा उचित लगानी, नविनतम् प्रविधिमा आधारित सेवा तथा ग्राहकको विवरण सुरक्षणमा बैंकले लिएको पहलको उपजका रूपमा समेत लिन सकिन्छ । दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैंकले नास-आईटीसँग सम्बन्धित संस्था र आवद्ध कर्मचारीहरुका लागि सहज तथा सुलभ तवरले बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।
साथै एक आपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रम आयोजना गरी दुवै संस्था तथा आवद्ध कर्मचारीको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रम अगाडि बढाइने छ । ग्लोबल आइएमई बैंक नास-आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । बैंक र नास-आईटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्द्धन, स्टार्टअप र साना व्यवसायलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्द्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस