शिक्षा

रिलायन्स कलेजकाे राष्ट्रव्यापी एसइई निबन्ध प्रतियोगितामा उत्कृष्ट १३ जनाले पनि पाए छात्रवृत्ति

काठमाडौं । रिलायन्स कलेजले आयोजना गरेकाे चौथो राष्ट्रव्यापी माध्यमिक शिक्षा परीक्षा (एसइई) खुला निबन्ध प्रतियोगितामा युजन कटवाल प्रथम भएका छन् । प्रतियाेगितामा प्रथम भएका लालीगुराँस इङ्लिस सेकेण्डरी स्कुल ओखलढुंगाका कटवालले १५ हजार रूपैयाँ, कक्षा ११ को भर्नामा शतप्रतिशत छुट, मासिक शुल्क पनि पूर्णरूपमा छुट पाएका छन् ।

त्यसैगरि द्वितीय भएका विश्वनिकेतन सेकेण्डरी स्कुल त्रिपुरेश्वरबाट एसइई उतिर्ण गरेका आतिश पाण्डेले १० हजार रूपैयाँसहित कक्षा ११ को भर्नामा शतप्रतिशत छुट र ९ महिनाको मासिक शुल्कमा पनि छुट प्राप्त गरेका छन् । त्यसैगरि तृतीय भएकी सेन्ट लरेन्स स्कुल काठमाडाैंकी नन्दिनी झाले ६ हजार रूपैयाँ, कक्षा ११ को भर्नामा शतप्रतिशत र मासिक शुल्कमा ६ महिनाको छुट पाएकी छन् ।

प्रतियाेगितामा सहभागी अन्य थप उत्कृष्ट १० विद्यार्थीले २ हजार पाँच सय रूपैयाँ नगद, कक्षा ११ को भर्नामा ५० प्रतिशत छुट र २ महिनाको मासिक शुल्कमा पनि छुट प्राप्त गरेका छन् । साथै उत्कृष्ट १३ जनाले नै प्रमाण पत्र तथा अन्य पुरस्कारहरू पाउनेछन् ।

रिलायन्स कलेजले चार वर्षदेखि राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रतियाेगितामा देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । 

यसपटककाे निवन्धकाे शीर्षक “विकासको आधार: सिप, प्रविधि र पूर्वाधार” तोकिएको थियाे । 

कलेजका प्रधानाध्यापक रविन्द्र जंग थापाका अनुसार विद्यार्थी भनेका भविष्यका नीति निर्मातादेखि देश निर्माणकाे कुनै पनि ठाउँमा पुगेर याेगदान दिने भएकाले मुलुककाे विकास, पूर्वाधार, प्रविधि, सीपकाे बारेमा थाहा पाइराख्नुपर्ने र उनीहरूकाे अहिलेकाे बुझाइ कस्ताे रहेछ भन्ने एउटा परीक्षणकाे रूपमा पनि उक्त शीर्षक राखिएकाे बताए ।

साथै सामाजिक उत्तरदायित्वलाई बहन गर्ने र एसइई दिएर बसेका विद्यार्थीहरूको लेखन एवं सृजनात्मक कलालाई उजागर गर्ने उद्देश्यका साथ कलेजले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको प्रधानाध्यापक थापाले बताए । 

विक्रम सम्वत् २०६२ सालमा स्थापना भएको रिलायन्स कलेज काठमाडौंका प्रख्यात कलेजमध्ये एक हो । एक रिपाेर्ट अनुसार मुलुकभरकाे उत्कृष्ट पाँचभित्र यो कलेज परेकाे छ ।

याे कलेज शिक्षाविद् र उद्यमीसँगको सहकार्यमा अनुभवी टोलीद्वारा स्थापना भइ सञ्चालित छ । उत्कृष्टताका लागि आदर्श मानिएको कलेजले बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने र चिकित्सा, इन्जिनियरिङ, प्यारामेडिकल, सीए र व्यवस्थापन पाठ्यक्रमको प्रतिस्पर्धात्मक परीक्षामा अतुलनीय सफलता हासिल गर्दै उत्कृष्ट शैक्षिक प्रदर्शन देखाउँदै आएकाे छ ।

पढाइको उच्च गुणस्तर, सुविधा र उत्कृष्टताका कारण कलेजले देशभरका विद्यार्थीलाई आकर्षित गरेको छ । रिलायन्स कलेज एक अग्रणी अनुसन्धान–गहन अध्ययन अध्यापन गराउने कलेज हो । जुन प्रेरणा र आविष्कारको भावना, विचार सिर्जना गर्ने क्षमता, समस्या र मानव अवस्था सुधार गर्ने किसिमका शैक्षिक लक्ष्यसहित अघि बढेको छ । काठमाडौंको चाबहिल सरस्वतिनगरमा अवस्थित रहेको कलेज सार्वजनिक यातायातबाट पनि सहज पहुँच भएकाे प्राइम लोकेशनमा भएका कारण विद्यार्थी र अविभावकको प्राथमिकतामा पर्दछ ।

कलेज स्थापनाको छोटो अवधिमा नै शैक्षिक गुणस्तरको हिसाबले सफल छ । कलेजले गुणस्तरीय शिक्षा दिनुमा यसमा रहेका दक्ष व्यवस्थापन र शिक्षक, शिक्षिकाहरूकाे टीम रहेकाे प्रधानाध्यपक रविन्द्र जंग थापा बताउँछन् । कलेजले विज्ञान, व्यवस्थापन र मानविकी, कानुन संकायको अध्यापन गर्दै आएकाे छ ।

स्नातक तहतर्फ पनि बीबीएस, बीसीए र बीएसडब्लूको पढाइ हुने गरेकाे छ । स्नातकाेत्तर तहमा व्यवस्थापन (एमबीएस) संकायकाे पढाइ हुने गरेकाे छ । 

कलेजले विद्यार्थीहरूलाई पढाइ बाहेक अतिरिक्त क्रियाकलापमा नेतृत्व, नवीनता, आलोचनात्मक सोच र जिम्मेवार नागरिक र सिक्ने जोशलाई प्रेरित गर्ने क्रममा ज्ञानको अन्वेषण, खोज, सिर्जना र सञ्चारमा सहयाेग र समन्वय गर्दै आएको छ । कलेजले यसपटक पनि प्लस टुका लागि विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा भर्ना लिइरहेकाे छ ।

तपाईँको मत