ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बीच हरित आवास कर्जा प्रवाह सम्बन्धी समझदारी
- गाउँ सहर संवाददाता
- २० असार बिहीबार, २०८१ | १०:१६:०० मा प्रकाशित
![](https://gaunsahar.com/uploads/news/images/913635376Bhoomi-Developers-and-Pacific-Developers.jpeg)
काठमाडाैं । ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालि बीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा कम्पनीको तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट सञ्चालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार कम्पनीले ललितपुर जिल्लाको गोदावरी नगरपालिका- ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।
कम्पनीले भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ ।
यसका साथ–साथै भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले निमाण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत रहने कम्पनीले बताएको छ ।
कम्पनीले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा सात वर्षे अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।
इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिने कम्पनीको भनाइ छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । कम्पनीले ३५४ शाखा कार्यालय, ३८४ वटा एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
![](https://gaunsahar.com/uploads/profile/1597861779gaun_sambaddata.jpeg )
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आईएमई बैंक नास आईटीको दिगो साझेदार
- शैलुङ्ग आवत जावत गर्ने मूल सडक अवरूद्ध
- संसदमा यस्ताे चर्काचर्की (LIVE)
- बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
- बाढी पहिरोले राष्ट्रिय सडकमा ठूलाे क्षति, २७ वटा सडक अझै अवरुद्ध
- बढ्याे नेप्से, सेयर बजारमा उत्साह
- प्रभु बैंक र टी३ थकालीबीच छुट सम्झौता
- रूख ढलेर ट्याक्सीमाथि
- संसदमा एमाले र माओवादी सांसदबीच चर्काचर्की (लाइभ)
- नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च
प्रतिकृया दिनुहोस