बालेनलाई योगेश भट्टराई कडा टिप्पणी : आफ्नै आमाप्रति विश्वास गर्नुस्
- गाउँ सहर संवाददाता
- २२ जेठ मंगलबार, २०८१ | १२:४३:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति कडा टिप्पणी गरेका छन् ।
संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्को आलोचना गर्दै आफ्नै आमाप्रति विश्वास गर्न भन्दै संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् ।
संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्को आलोचना गरे । मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’
०५४ मा एमालेले काठमाडौं महानगरको चुनाव जितेपछि सभ्य सहर बनाउने अभियान थालेको भन्दै उनले भने, ‘पछिल्लो पटक विद्यासुन्दर शाक्यजी आएपछि रानीपोखरी बनायौं, कमलपोखरी बनायौं, दरबार स्क्वायर पुनर्निर्माण गर्यौं ।’
अहिले पनि आफूहरू काठमाडौंका प्रमुखलाई सहयोग गर्न तयार रहेको उनले बताए । ‘म भन्न चाहन्छु बालेनजीलाई, काठमाडौंलाई अझै सुन्दर बनाउन तपाईंको योजना के छ ? पैसा कति चाहियो ? सरकार दिन तयार छ’ उनले भने, ‘हामी अर्थमन्त्रीजीलाई भनौंला, प्रधानमन्त्रीजीलाई भनौंला । आउनुस्, सँगसँगै काम गरौं ।’
नेताहरू जेल बसेको विषयलाई मजाकका रूपमा प्रस्तुत गरेकोमा समेत भट्टराईले असन्तुष्टि पोखे ।
संसद्मा भएका प्रमुख नेताहरूको नाम लिँदै उनले भने, ‘उहाँहरू नै जेल बसेर, अनि उहाँहरूको उत्तराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौं । त्यसवापत आज तपाईं काठमाडौं महानगरपालिकाको प्रमुख हुनुभएको छ । अनि नेताहरूको जेल बसाइँलाई तपाईं मजाक उडाउने ?’
‘त्यो मानिस मात्र देशभक्त हुन्छ, जसले आफ्नो इतिहासप्रति गर्व गर्छ, आफ्नो देशप्रति गर्व गर्छ’ इतिससको भत्र्सना गर्नेहरू देशभक्त हुन नसक्ने भन्दै उनले भने, ‘आज केपी ओली जेल बसेको कुरालाई तपाईं उडाउँदै हुनुहुन्छ । म भन्न चाहन्छु, यदि यस ढंगले भण्डाफोर गर्ने हो भने आफ्नै आमाको अस्तित्वप्रति चिथार्दै हुनुहुन्छ ।’
‘यी नेताहरूले लडेर ल्याएको लोकतन्त्र हो । यिनै नेताहरूलाई बद्नाम गर्दै हुनुहुन्छ । यो आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाए जस्तै हो । बालेनजीलाई भन्न चाहन्छु, तपाईंको आमा पवित्र हुनुहुन्छ, तपाईंको आमाप्रति शंका नगर्नुस् । तपाईंका गतिविधिले आफ्नै आमाको अस्मितामाथि बारम्बार प्रश्न गर्दै हुनुहुन्छ भने यो समाजलाई तपाईं कता लैजाँदै हुनुहुन्छ ।’
काठमाडौं महानगरको प्रमुख हो भन्ने नभुल्न र कानुनले दिएको सीमामा बस्न आग्रह गरे । यो व्यवस्था ल्याउन मरिमेटेको एमाले र त्यसको नेतृत्वमाथि गालीगलौज नगर्न चेतावनी दिँदै एमाले सचिव भट्टराईले भने, ‘आफैं आकासतिर थुकेपछि त्यो कहाँ झर्छ भन्ने बालेनजीलाई राम्रोसँग थाहा होला ।’
संसद्मा यति बोलेकै कारण आफूमाथि साइबर ग्याङले लखेट्न खोज्न भन्दै उनले नडराउने बताए ।
क्षणिक मनोरञ्जन भए पनि साइबर ग्याङले राजनीतिले थाक्न नसक्ने एमाले सचिव भट्टराईले भने, ‘आजको आधुनिक एमाले र त्यसको अध्यक्ष केपी ओली आजको अभिमन्यू हो, घेरामा तोड्न पनि आउँछ, घेराभित्र पस्न पनि आउँछ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस