राजनीति

दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डे लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधवार दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

उनीसँगै कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् ।

थापाले सामाजिक विकास, ऊर्जा र गुरुङले आर्थिक मामिला मन्त्रालयको शपथ लिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत