गफै त हाे : पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय २३५१ अमेरिकी डलर पुर्याइने
- गाउँ सहर संवाददाता
- २ जेठ बुधबार, २०८१ | १३:१४:०० मा प्रकाशित

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालीको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलरले बढाउने लक्ष्य राखिएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर छ ।
मन्त्रिपरिषद्बाट पारित १६औँ योजनाको बारेमा जानकारी दिँदै आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । उनका अनुसार निरपेक्ष गरिबीको संख्या १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । अहिले यस्तो गरिबीको संख्या ३०.३ प्रतिशत छ ।
त्यस्तै, नेपालीको औसत आयु बढाएर ७३ वर्ष पुर्याइएको पनि उनले बताए । अहिले नेपाली नागरिकको औसत आयु ७१.३ वर्ष छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस