कांग्रेसको अवरोधले चल्न सकेन संसद्, जेठ ३ गतेसम्मलाई स्थगित
- गाउँ सहर संवाददाता
- १ जेठ मंगलबार, २०८१ | १८:४६:०० मा प्रकाशित
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आगामी जेठ ३ गते बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको घोषणा गरेका हुन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव प्रस्तुत गर्न बसेको प्रतिनिसधभा बैठकमा कांगग्रेस सांसदहरूले अवरोध गरेका हुन्।
कांग्रेसको अवरोधपछि राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने कार्यसूची प्रस्तुत हुन पाएन। पौडेलले आजै दिउँसो ३ बजे बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।
धन्यवाद सभा मात्रै भएकाले बैठक चल्न दिन सभामुखले आग्रह गरेपनि कांग्रेसले मानेको छैन।
सहकारी ठगलाई कारबाही गर, संसदीय मर्यादा कायम गर लगायतका नारा कांग्रेसका सांसदहरूले लगाएका थिए।
कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिएको थियो। यद्यपि सरकारको कुनैपनि कार्यसूचीमा प्रवेश हुन नदिने कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठक निर्णय गरेको थियो।
यसअघि आजै बसेको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसले अवरोध गरेको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस