मलेसियालाई जित्न नेपालले १४४ रन बनाउनुपर्ने
- गाउँ सहर संवाददाता
- ३० चैत शुक्रबार, २०८० | १७:५५:०० मा प्रकाशित

काठमाडाैं । एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया विरुद्ध सामान्य लक्ष्य पाएको छ । अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।
मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ५५ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । यस्तै शर्भिन मुनियान्डीले ३३ बलमा ३ चौका र २ छक्का सहित ४१ रन जोडे ।
ओपनर मुहम्मद आमिर १८ बलमा १६ रन बनाएर छैठौं ओभरमा दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दोस्रो विकेटका भिरनदिप र शर्भिन मिलेर ८२ रनको साझेदारी गरेका थिए ।
सो साझेदारी १७औं ओभरमा शर्भिन अविनाश बोहोराको बलमा बोल्ड आउट भएपछि तोडिएको थियो । साएद अजिजलाई १८औं ओभरमा दीपेन्द्रले क्याच आउट गराएका थिए । नज्मुस सकिब ८ रनमा नट आउट रहे ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट लिए । यस्तै अविनाश बोहोराले ४ ओभरमा २८ रन खर्चिदै १ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २८ रन नै दिए ।
करन किसी, सोमपाल कामी र कुशल भुर्तेलले समान २ ओभर बलिङ गर्दै क्रमसः २१, ११ र १७ रन दिए । गुलशन झाले १ ओभरमा १२ र कुशल मल्लले १ ओभरमा नै १० रन दिए ।
समूह ए मा नै रहेका कतार र हङकङ पनि एक अर्कासँग खेलिरहेका छन् । यस समूहमा साउदी अरब पनि रहेको छ । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।
ओमान र युएईले आज नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरिसकेका छन् । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको हो ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस