गाउँ सहर

होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोसीमा बेपत्ता

गाईघाट । होली पर्वको अवसरमा रङ खेलेर नुहाउने क्रममा सुनकोसीले बगाएर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बजारका तीन बालबालिका बेपत्ता भएका छन्।

स्थानीय बासिन्दा गीता मगरका अनुसार साउने निवासी मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहदुर मगर, केदार मगरका ९ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा मगर सुनकोसीमा डुबेर बेपत्ता भएका हुन्। 

आइतबार उनीहरुसँगै कोसीमा डुवेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले जीवितै उद्धार गरेका छन्। 

घटनाको जानकारी हुनासाथ प्रहरी चौकी साउनेबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा सुनकोसीमा डुबेर बेपत्ता भएका बालबालिकाको खोजी कार्य गरिरहेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।   

गाउँ सहर संवाददाता

तपाईँको मत