अर्थतन्त्र

सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार

काठमाडौं । केही दिनदेखि शेयरबजार सुस्ताएकाे देखिएकाे छ  । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ६.२४ अंकले घटेर दुई हजार ६७ दशमलव २९ विन्दुमा बन्द भएको हो ।                                                               

नेप्सेमा आज ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०४ वटाको बढेको छ भने १२८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बुद्धभुमी नेपाल हाइड्रोपावर लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।    

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.०८ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।    

गाउँ सहर संवाददाता

तपाईँको मत