अर्थतन्त्र

केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ३.२७ अंकले बढेर दुई हजार ७३ दशमलव ५३ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४८ वटाको बढेको छ भने ८५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गोर्खाज फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड, र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।  

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.१५ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।     

गाउँ सहर संवाददाता

तपाईँको मत