राजनीति

आक्रमण गर्ने तीन जनालाई राप्रपाले गर्‍यो कारबाही

काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई निलम्बन गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा चार वर्षका लागि निलम्बित गरेका हुन्।

अध्यक्ष लिङ्देनले आइतबार घटनामा संलग्न भएको आरोपमा पार्टी उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिवसमेत रहेका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं –४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको हो।

गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो। पाण्डेको योजनामा श्रेष्ठमाथि आक्रमण गरिएको आरोप छ। यद्यपि राप्रपाले उनको विषयमा कुनै निर्णय लिएको छैन। श्रेष्ठले घटनालाई लिएर प्रहरीमा उजुरी पनि गरेका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत