प्रतिनिधि सभा

संघीय संसद्का दुवै सदनको बैठक बस्दै आज, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत