गाउँ सहर

रामेछापमा टार गाउँमा भीषण आगलागी

रामेछाप । रामेछापकाे ल्याङल्याङ टार गाउँमा आगलागीबाट १४ घर र पशुपन्छीकाे जलेर नष्ट भएकाे भएकाे छ । 

बिहीबार दिउँसो लागेको आगोलागी नियन्त्रणमा आएपनि १२ घर परिवारको १४ घर पूर्ण रूपमा जलेर नष्ट भएको वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए ।

मानवीय क्षती भने नभएकाे उनले जानकारी दिए ।  

घर, लत्ता कपडा, खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको वडाध्यक्ष श्रेष्ठले जानकारी बताए । 

उनका अनुसार स्थानीयले बस्तीको तल बालेको आगो एक्कसी आएको हावाहुरीले बस्तीमा सल्किँदा बस्तीसहित ५० भन्दा बढी बाख्रा, २ वटा भैँसी, एउटा गोरु जलेर मरेको छ । 

रामेछाप बजारमा बिहीबारे हाट हेर्न स्थानीय गएको बेला डढेलो बस्तीमा प्रवेश गरेर आगलागी भएको बुझिएको छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत