राजनीति
राष्ट्रिय सभाको विषयगत समितिको निर्वाचन ४ चैतमा
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण बुधबार, २०८० | १९:०८:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय सभाको विषयगत समितिको निर्वाचन आगामी ४ चैतमा हुने भएको छ ।
राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले बुधबार सूचना निकालेर समितिका सभापतिहरुको निर्वाचन सम्बन्धी कार्यक्रम प्रकाशन गरेका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा र दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको कार्यकाल गत २० फागुनमा सकिएको थियो । त्यसैले यी दुई समितिको सभापति पदमा निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको नाम फेरिएर संघीयता, सवलीकरण तथा राष्ट्रिय सरोकार समिति नामकरण गरिएको छ । दिगो विकास तथा सुशासन समितिको नाम फेरिएर विकास, आर्थिक मामिला तथा सुशासन समिति राखिएको छ ।
यी दुई समितिको सभापतिका लागि ३ चैतमा मनोनयन हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी
- तेस्रो लगानी सम्मेलन सुरू
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
- उपनिर्वाचन, २०८१ शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न - आयोग
प्रतिकृया दिनुहोस