फाइनलमा पपुवा न्यू गिनीसँग नेपालकाे लज्जास्पद हार
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण बुधबार, २०८० | १५:३७:०० मा प्रकाशित
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपाल पपुवा न्यू गिनी (पिएनजी) सँग नेपालले लज्जास्पद हार बेहाेरेकाे छ ।
नेपाल पिएनजीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
पिएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र ८५ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन जोड्दा १६ रन अतिरिक्त पाएको थियो ।
रोहित पौडेल १२, आरिफ शेख १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विनोद भण्डारीलाई इनिङको तेस्रो बलमै ४ रनमा गुमाएको नेपालका लागि तेस्रो ओभरमा कुशल भुर्तेल आउट भएका थिए ।
पिएनजीका लागि कबु मोरिया, सेमो कामिआ, चाड सोपर र सेसे बाउले २-२ विकेट लिए । अलि नाओले १ विकेट लिए ।
पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोड्यो । ओपनर टोनी उराले ६१ रनको आक्रामक इनिङ खेलेर राम्रो सुरुवात दिलाएको पिएनजीका लागि एलि नाओले आक्रामक अन्त्य गरेका थिए । मध्यक्रम भने खासै चल्न सकेन ।
ओपनर उराले ३७ बलमा ५ चौका र ४ छक्कासहित ६१ रन जोडे । उनी १४ औं ओभरमा कुशल भुर्तेलको बलमा आउट भएका थिए । तल्लोक्रममा नाओले १० बलमा नटआउट ३० रन जोडे । उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३-३ विकेट लिए । करण केसी र गुलशन झाले १-१ विकेट लिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित
- वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको लक्ष्य
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
प्रतिकृया दिनुहोस