खेल

उपाधिको लागि नेपालले पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं । नेपालले हङकङमा जारी त्रिकोणात्मक टी२-० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा मोगं कोगंमा सुरु हुनेछ ।

नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

एकै दिन दुई खेल खेलेको पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराएको थियो ।नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्दै १९८ रन बनाएको थियो ।

नेपालका कुशल भुर्तेलले ५९ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । भुर्तेल लयमा आउनु नेपालको लागि सकारात्मक पक्ष हो । त्यस्तै सन्दीप जोराले ५६ रन बनाएका थिए । कुशल भुर्तेल प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । राम्रो अन्त्य गरेका लोकेश बम र विवेक यादवबाट पनि नेपालले ठूलो अपेक्षा गर्नेछ ।

कप्तान रोहित पौडेलले कप्तानी इनिङ खेल्नेछ । बाउन्ड्री सानो हुँदा ठूला सटहरुमा ध्यान दिनुपर्ने हुन्छ । बिरामी भएका अभिनाश बोहरा फिट भएमा आकाश चन्द बाहिर हुने सम्भावना रहन्छ । अन्य परिवर्तनको सम्भावना छैन ।

बलिङमा करण केसीले अनुभवको फाइदा लिनुपर्ने हुनेछ । डेथ ओभर बलिङ नेपालको केही कमजोरीको रुपमा रहँदै आएको छ ।

पपुवा न्युगिनीले प्रमुख दुई बलर कवुआ मोरेवा र एली नाओलाई विश्राम दिएको थियो । यी दुई बलर आउँदा बलिङ आक्रामण मजबुत हुनेछ । हङकङबीविरुद्ध ५१ रन बनाएका टोनी उरा र ६१ रन बनाएका सेसे बाउ प्रमुख ब्याटर हुन् ।

कप्तान असाद भाला मध्यक्रमका ब्याटर हुनेछन् । शीर्षक्रमका ब्याटरको विकेट समयमै लिन सके नेपालले सहज जित हात पार्न सक्छ । नेपाल र पपुवा न्युगिनीबीच ५ टी-२० आई खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत