अर्थतन्त्र

नेप्सेमा सामान्य अंककाे सुधार हुँदा लगानीकर्तामा राहत

काठमाडौं । साताको कारोबारका चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामन्य अंकको सुधार आएको छ । आज नेप्से ९.३३ अंकले बढेर दुई हजार १७ दशमलव ०३ विन्दुमा बन्द भएको हो ।                                                        

नेप्सेमा आज ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७५ वटाको बढेको छ भने ६२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार आज दोल्ती पावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ४०१.५० रुपैयाँ पुगेको छ ।  

आज मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य आज ९.७१ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।      

गाउँ सहर संवाददाता

तपाईँको मत