खेल

साफ यु–१६ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौं । नेपालले साफ यु–१६ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा जारी प्रतियोगितामा सोमबार नेपालले भुटानलाई ३–० गोलले हरायो ।

सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा भएको एकपक्षीय खेलमा नेपाललाई जिताउन पूजा गिरी, कप्तान भुमिका बुढाथोकी र ज्ञानशु डोल्मा लोले गोल गरिन् ।

यससॅगै नेपालको ३ अंक भएको छ । समान ३-३ अंक जोडेपनि गोल अन्तरमा भारत पहिलो, बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

लगातार दुई हार खेपेको भुटानको अगाडि बढ्ने सम्भावना सकिएको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० गोलले पािजत भएको थियो । भुटान पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत