अर्थतन्त्र

घटेकाे घटेकै नेप्से, कारोबार रकमसमेत तीन अर्बमा खुम्चियो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.८१ अंकले घटेर एक हजार ९ सय ७९ दशमलव ०२ विन्दुमा बन्द भएको हो ।                                                  

नेप्सेमा आज ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये ३८ वटाको बढेको छ भने २०६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४७५६.७० रुपैयाँ पुगेको छ ।  

केहि सातायता निरन्तर सकारात्मक सर्किट लागेको समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आइतबार भने नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।    

गाउँ सहर संवाददाता

तपाईँको मत