जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कार वितरण
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण शनिबार, २०८० | १६:१६:०० मा प्रकाशित

बिर्तामोड । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच फरक फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार अन्तरगत साहित्य, पत्रकारिता तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा बर्षोत्कृष्ठ कृति पुरस्कारबाट झापा भद्रपुरका होम सुवेदी, विष्णुचन्द्र पद्मा बिशेष प्रतिभा सम्मानबाट साहित्यकार पुन्यप्रसाद खरेल, धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठ र अपाङ्गता भएका व्यक्तिहरुबाट पदम अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले पुरस्कृत व्यक्तित्वलाई सम्मान प्रदान गरे । साहित्य र पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार नगद रहेको छ भने अपाङ्गता विशेष पुरस्कारको राशी ११ हजार रहेको बताइएको छ ।
संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईले पुरस्कृत प्रतिभाको घोषणा गरेको कार्यक्रममा कृतिकारका बारेमा साहित्यकार कोमल पोखरेलले प्रकाश पारेका थिए भने सम्मान पत्र वाचन सञ्जु शिवाकोटीले गरेकी थिइन् ।
संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई, विशेष अतिथिहरु मोहन भण्डारी, खगेन्द्रप्रसाद प्रसाई, पुरस्कृत व्यक्तित्वहरु सुवेदी, खरेल, श्रेष्ठ र अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्य सिटौलाले गरेकी थिइन् । सोही कार्यक्रममा होम सुवेदीद्वारा लिखित छताछुल्ल कृतिको समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिसहित उपस्थित अतिथिहरुले कृतिको लोकार्पण गरिएको हो ।
२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले वर्षेनी साहित्य र पत्रकारिता क्षेत्रमा सम्मान र पुरस्कार गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस