गाउँ सहर
सम्पत्ति शुद्धीकरण विभागले बैंकसँग माग्यो रवि र जीबीको विवरण
- गाउँ सहर संवाददाता
- २ फाल्गुण बुधबार, २०८० | २१:०९:०० मा प्रकाशित

काठमाडाैँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीको रकम हिनामिनामा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र फरार रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईको बैंक खाता सम्बन्धित बैंकहरुसँग माग गरेको छ ।
विभागले २०८० माघ ८ गते बैंकहरुलाई पत्र पठाउँदै सबै २० वटा बैंकहरुलाई पत्र लेखेर बैंक खाता भए नभएको र भएमा कस्तो खाता छ भनी विवरण पठाउन भनेको हो ।
विभागले बैंक खाताको सबै विवरण, बैंक स्टेटमेन्ट, खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण खुलाएर पठाउन भनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहत छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस