गाउँ सहर

ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाउने तयारी

काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले भोलि (बिहीबार) फैसला सुनाउने तयारी गरेको छ ।

बुधबार सुनाउने भनिएपनि संक्षिप्त आदेश लेख्न नभ्याएकाले हेर्दाहेर्दैमा राखेर बिहीबार फैसला सुनाउने विशेष अदालतले जनाएको छ ।

१७५ जना प्रतिवादीका हकमा आदेश गर्नुपर्ने भएकाले बुधबार नसकिएको र बिहीबार फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत