झन् झन् निराश लगानीकर्ता
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर आइतबार, २०८१ | १५:४४:०० मा प्रकाशित
काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएसँगै लगानीकर्तमा निराश छाएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले आज पनि घटेकाे छ।
आइतबार नेप्से परिसूचक १३.०३ अंक घटेर २६६७.४० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ८ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ७६ हजार ४१८ पटकको कारोबारमा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने १० प्रतिशत नबिल डिबेञ्चर २०८२ को मूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत घटेको छ। यस दिन महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ६ प्रतिशत घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ६० करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको ४० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६३ प्रतिशत घटेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट पाउने
- मन्त्री पौडेलको निर्णय : मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई २ लाख
- रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- माैसम : यस्ताे रहकाेछ पूर्वानुमान
- पछिल्लाे चार महिनामा चार खर्ब बढी व्यापार घाटा
- यी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
- चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
- अब धरहरा चढ्न पैसा लाग्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय
- कांग्रेस र एमालेकाे यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस